कविता : धरानको भानु
के पर्खेका हुन् तिनले
कालखण्ड तर्दै तर्दै
के हेरेका हुन् तिनले
कालखण्ड भोग्दै भोग्दै ।
लमतन्न नशाको झ्वाँकमा
बजारिँदै आएका खोस्टा विचारहरू र
बेतुकका गडगडाहट
पिच्च थुकिएका पानका त्यान्द्राहरू
विध्वंस दम्भ, कालो बङ्गुरे फाक्सा
अनि ओदानीमा मुर्छित काला खरानी ।
के पर्खेका हुन् तिनले
कालखण्ड चिर्दै चिर्दै
के हेरेका हुन् तिनले
कालखण्ड भोग्दै भोग्दै ।
बुढासुब्बामा सिउरे रातोभाले
वासेका वासै छन्
दन्तकाली र पिण्डेश्वरका
घण्टा बजेका बज्यै छन्
कलकल बग्ने सर्दु सेउती
वलात्कृत भएको पनि वर्षौँ भइसक्यो
दाँत झरिसकेको घोप्टे चिउरी डाँडो पनि
श्वेत फुलिसक्यो
अझै के पर्खेका हुन्,
कसको आगमनमा पर्खेका हुन् ।
कुनै सङ्लो वेलामा
तिनी थपक्क बसेका थिए रे
आज नाङ्गो नाच भोगिरहेछन्
धुलो धुवाँ र दुर्गन्ध पोलिरहेछन् ।
कोलाहलको भुमरीमा
रुझ्दै बसेका तिनी
अझै कसलाई पर्खेका हुन्
कसको प्रतीक्षामा बसेका हुन्
के पर्खेका हुन् तिनले
कालखण्ड चिर्दै चिर्दै ।
थाह छ ?
तिनी अधिनायकवादले थिचिएका छन्
थाह छ ?
तिनी कित्ता कित्ताबाट भोग्य बनाइएका छन्
दैनदिनका रक्तिम छिद्रा छिद्रा बनाइएका
तिनका यौनाङ्गमाथि शक्ति गोड्नेहरू
सम्पन्न बन्नेहरू
सम्पन्नताको काँचुली फेर्नेहरू
नयाँ राजाहरू
दिनप्रतिदिन रफुचक्कर हुँदो छन्
निरन्तर निरन्तर ।
तै पनि एकै आसनमा बसेका बस्यै छन् भानु
सम्पत्तिको नाममा एउटा पुस्तक च्यापेर
कालखण्ड तर्दै तर्दै
आशाका सपना तुन्दै बुन्दै ।
के पर्खेका हुन् तिनले
कालखण्ड तर्दै तर्दै
के हेरेका हुन् तिनले
कालखण्ड भोग्दै भोग्दै ।
धरान, हालः काठमाडौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण