रोल्पाका ५ स्थानीय तहमा काँग्रेसले दाबी गरेपछि लफडा
नेकपा माओवादी केन्द्रको गढ मानिने रोल्पाका १० स्थानीय तहमध्ये नेपाली काँग्रेसले ५ मा दाबी गरेको छ । माओवादी केन्द्रको सबैभन्दा बढी पकट मानिएको रोल्पामा काँग्रेसले ५ स्थानीय तह दाबी गरेपछि लफडा मच्चिएको छ ।
रोल्पा नगरपालिकासहित ७ स्थानीय तह माओवादीले जितेको थियो ।
काँग्रेसले यसअघि निर्वाचनमा लुङग्री गाउँपालिका मात्र जितेको थियो । सत्ता गठबन्धन भएपछि लुङग्रीसहित ५ गाउँपालिका अध्यक्ष पाउनु पर्ने दाबी गरेको एक जना माओवादी नेताले बताए । जसमा त्रिवेणी, रुण्टीगढी, लुङग्री, गंगादेव र सुनिल स्मृति गाउँपालिका छन्। यस्तै नेकपा एकीकृत समाजवादीले नेकपा एमालेले जितेको त्रिवेणी र रुण्टीगढी गाउँपालिकामा दाबी गरेको छ। तर, माओवादी केन्द्रले आठ गाउँपालिका र काँग्रेस र एकीकृत समाजवादीलाई एक एक गाउँपालिका दिन सकिने बताएको छ ।
गठबन्धनका नेताहरुले छलफल जारी राखेपनि सहमती हुन सकेको छैन्। ‘हामी काँग्रेस सहित चार दलीय नेताहरु निरन्तर छलफल गरी रहेका छौं । सहमती हुन सकेको छैन’ ति माओवादी नेताले भने,‘काँग्रेसले र एकीकृत समाजवादीले आफ्नो हैसियत भन्दा बढी माग्न थालेपछि सहमती हुन सकेको छैन्।’ गठबन्धनमा सहमती हुन नसकेमा एकल रुपमा भिड्ने अवस्था आउँन सक्ने ति नेताले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण