लुम्बिनीमा ठुला दललाई उम्मेदवार टुङ्गो लगाउन सकस
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने दिन आइसक्दा पनि लुम्बिनी प्रदेशका कतिपय पालिकामा ठुला दलहरुले उम्मेदवार चयन गर्न सकेका छैनन् । लुम्बिनी प्रदेशमा ठुला दलहरु विभिन्न पालिकाका लागि आफ्ना उम्मेदवार चयन गर्ने प्रकृयामै छन् ।
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका दल उम्मेदवार चयनको रस्साकस्सीमा छन् । सत्तारुढ गठबन्धनले आपसमा तालमेल हुने पालिकामा भागबण्डा तथा उम्मेदवार चयनका लागि अन्तिम प्रयास गरिरहेका छन् । भागबण्डा तोकिएका पालिकामा पनि सम्बन्धित दलले उम्मेदवार चयन गर्न सकेको छैन ।
यता, एमालेले पनि कतिपय पालिकामा चुनावी तालमेल तथा उम्मेदवार चयनकै प्रकृयामा छ । सत्तारुढ गठबन्धनबीच केही पालिकामा भागबण्डा टुङ्गो लाग्न सकेको छैन । आइतबार बिहानदेखि नेपाली काँग्रेस र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बसिरहेको छ । भागबण्डा टुङ्गिएका पालिकामा आफ्ना उम्मेदवार चयन गर्न दुबै दल जुटेका छन् ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको बैठकले प्रदेशका नगरपालिकाहरूको उम्मेदवारहरूको नाम टुङ्गो लगाउने संसदीय बोर्ड सदस्य विष्णु पोखरेलले रातोपाटीलाई बताए ।
यस्तै माओवादीको बैठक पनि लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयमा बसिरहेको छ । एमालेले आज दिउँसोसम्म सबै उम्मेदवार टुङ्गो लगाउने तयारी गरेको छ । एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य विश्वराज बरालले उम्मेदवारहरूको नाम टुङ्गो लगाउने विषयमा प्रदेश कमिटी जुटिसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण