टिकट वितरणका लागि काँग्रेसले बनायो संसदीय समिति
आइतबार, ११ वैशाख २०७९, १६ : ३६
नेपाली काँग्रेसले चुनावमा टिकट वितरणका लागि संसदीय समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो ।
काँग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै समेटेर गठन गरिएको छ । जुन १४ जनामा सीमित भएको छ । बाँकी सदस्य पछि थपिने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाको उम्मेदवार टुंगो लगाउने अपेक्षा गरिएपनि अब संसदीय समितिले नै उम्मेदवारबारे टुंगो लगाउनेछ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
