विराटनगरमा ३ प्रमुख र १८ वडाअध्यक्षसहित ५६ को उम्मेदवारी दर्ता
विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र २ र जनमत पार्टीका १ जना गरी ३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै १८ जनाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अन्य सदस्यहरुसहित उम्मेदवारी दर्ता गराउनेको संख्या ५६ पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । सिके राउतको नेतृत्व गरेको जनमत पार्टीबाट महानगर समितिका अध्यक्ष अरुणकुमार मण्डलले प्रमुखमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै जनता समाजवादी पार्टी परित्याग गरेका नेता उमेश यादव र स्थानीय सक्रिय गौतमले पनि स्वतन्त्रबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । ५६ जना मध्ये १८ जना वडाध्यक्ष र ३५ जना वडा सदस्यमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
जसमा सद्भावना पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत, पिछडा वर्ग निसाफ जनजाति पार्टी, विवेकशील साझा पार्टीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । ८ जनाले भने स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण