नुवाकोटका ८ स्थानीय तहमा माओवादी एकीकृत समाजवादीबीच तालमेल
सोमबार, १२ वैशाख २०७९, १० : २४
नुवाकोटका ८ स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएको छ। माओवादीले ८ स्थानीय तह र एकीकृत समाजवादीले एक स्थानीय तह प्रमुख लिने सहमती भएको हो।
माओवादीले बेलकोटगढी, ककनी, पञ्चकन्या, लिखु, सूर्यगढी, दुप्चेश्वर, म्यागन, किस्पाङमा प्रमुख लिने सहमति भएको हो। यस्तै शिवपुरीमा प्रमुख एकीकृत समाजवादीले लिने सहमति भएको छ। तादी गाउँपालिकामा सहमती हुन नसकेपछि मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने समझदारी भएको छ। नुवाकोटमा कुल १२ स्थानीय तह छन्। तारकेश्वर गाउँपालिका र विदुर नगरपालिकामा भने काँग्रेस र माओवादीबीच चुनावी तालमेल हुने भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण