शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नुवाकोटका ८ स्थानीय तहमा माओवादी एकीकृत समाजवादीबीच तालमेल

सोमबार, १२ वैशाख २०७९, १० : २४
सोमबार, १२ वैशाख २०७९

नुवाकोटका ८ स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएको छ। माओवादीले ८ स्थानीय तह र एकीकृत समाजवादीले एक स्थानीय तह प्रमुख लिने सहमती भएको हो।
माओवादीले बेलकोटगढी, ककनी, पञ्चकन्या, लिखु, सूर्यगढी, दुप्चेश्वर, म्यागन, किस्पाङमा प्रमुख लिने सहमति भएको हो। यस्तै शिवपुरीमा प्रमुख एकीकृत समाजवादीले लिने सहमति भएको छ। तादी गाउँपालिकामा सहमती हुन नसकेपछि मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने समझदारी भएको छ। नुवाकोटमा कुल १२ स्थानीय तह छन्। तारकेश्वर गाउँपालिका र विदुर नगरपालिकामा भने काँग्रेस र माओवादीबीच चुनावी तालमेल हुने भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप