चितुवाको छालासहित तीनजना पक्राउ
बिहीबार, १५ वैशाख २०७९, १२ : ०२
जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेत दर्नाकोट गाउँका २३ वर्षीय अम्मर थापा, सोही गाउँ बस्ने ४० वर्षीय भरतबहादुर बुढा र वडा नं १२ बस्ने ४० वर्षीय दलबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
उनका अनुसार उनीहरूलाई बुधबार वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बसपार्कस्थित नन्दबहादुर शाहीको सुनिता होटलबाट पक्राउ गरिएको हो । चितुवाको छाला कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई त्यहाँबाट पक्राउ गरेको । पक्राउ परेका तीनै जनाको आवश्यक अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण