काँग्रेस महासमिति सदस्य मल्लमाथि मुगुमा अभद्र व्यवहार
बिहीबार, १५ वैशाख २०७९, २२ : ५०
महासमिति सदस्य तिलकबहादुर मल्लमाथि अभद्र व्यवहार भएको नेपाली काँग्रेस मुगुले जनाएको छ । वैशाख ३० गतेको स्थानीय चुनावका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुमा पार्टीको काम विशेषले जाँदा सिटिजन्स बैंक लिमिटेड मुगुको कार्यालय अगाडि काँग्रेस मुगुका महासमिति सदस्य पदम रावलकी धर्मपत्नी तथा दर्जन भन्दा बढी महिलाले महासमिति सदस्य मल्ल लाई गाली गलौजका साथ अभद्र व्यवहार गरेको काँग्रेस मुगुका प्रवक्ता प्रकाश शाहीले विज्ञप्ति जारी गरि जानकारी दिएका छन् ।
महासमिति सदस्य मल्ल गरेको गाली गलौज र अभद्र व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस्तो अमानवीय व्यवहारप्रति काँग्रेस मुगुले निन्दा एवम् घोर भत्सर्ना गरेको विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण