सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

जाजरकोटमा भाँडियो गठबन्धन, अधिकांश पालिकामा एक्लाएक्लै भिड्ने

शुक्रबार, १६ वैशाख २०७९, १९ : ४३
शुक्रबार, १६ वैशाख २०७९

जाजरकोटका अधिकांश स्थानीय तहमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन नहुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेका उम्मेदवारहरूले मनोनयन फिर्ता नगरेपछि सत्तारुढ दलहरुबीच चुनावी तालमेल नहुने भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते मनोनयन फिर्ता गर्ने समय तोकिएको थियो । भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख र नेपाली काँग्रेसले उपप्रमुख पाउने गरी सत्ता गठबन्धनको निर्णय भएको थियो । तर काँग्रेस, नेकपा माओवादी केन्द्रले पुरै सेटसहित मनोनयन दर्ता गरेका थिए । गठबन्धनका विरुद्ध बागी मनोनयन दर्ता गरेका उम्मेदवारहरूको फिर्ता गर्ने निर्णय गरेपनि फिर्ता गर्न नमान्दा जिल्लामा टुंगो लागेका स्थानीय तह बाहेक अरु सबैमा एक्ला एक्लै लड्ने निर्णय गरिएको बताइएको छ ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिकामा एक्ला एक्लै चुनावी मैदानमा जाने निर्णय भएको छ । छेडागाड, बारेकोट, जुनीचाँदे गाउँपालिकामा पहिले नै सत्ता गठबन्धन दलहरूको सहमति भइसकेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा केही वडाध्यक्ष र वडा सदस्यहरुले मनोनयन फिर्ता लगेपनि नगर प्रमुख, उपप्रमुख कसैले पनि फिर्ता लिएका छैनन् । कुशे गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्ने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप