गठबन्धनमा काँग्रेसले इमानदारिता देखाएन: कुँवर
नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा काँग्रसले इमानदारिता नदेखाएको आरोप लगाएका छन् । कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टी हदैसम्मको लचकता अपनाए पनि काँग्रेसले इमानदारिता नदेखाएका कारण तालमेल हुन नसके बताएका हुन् ।
काँग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी पार्टीले आ–आफ्नै हिसाबले उम्मेदवारी दर्ता गरेको उनले बताए । गठबन्धन भनेको लिने र दिने भए पनि काँग्रेसले त्यसलाई स्वीकार गर्न नसक्दा अछाममा त्यसको असर परेको उनको भनाई छ । उनले आफू पार्टीको नीति र विचारमा अघि बढ्ने बताए । अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आ–आफ्नै हिसाबले चुनाव अभियानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण