स्थापितलाई कारबाहीको दायरामा ल्याउन माग
काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रमहरूमा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
यौन दुर्व्यवहारको आरोपमा मुछिएका स्थापितलाई उनी आबद्ध पार्टीले त्यस्तो संवेदनशील विषयलाई बेवास्ता गरी मेयरको उम्मेदवारीमा उठाएको बताउँदै ती संघसंस्थाहरूले स्थापितले आफूलाई लागेको आरोपको बारेमा स्पष्टीकरण दिनुको साटो उल्टै प्रश्न गर्ने महिलाहरूको चरित्र हत्या गर्ने अभिव्यक्ति दिनु निन्दनीय र कानुनी रूपमा दण्डनीय रहेको बताएको हो ।
विज्ञप्तिमा भनिएको छ, 'उनको यु आर नाइस लेडि तर तपाईको थुतुनो ठिक छैन भन्ने र यो बहिनीले वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ जस्ता निकृष्ट र अत्यन्तै असंवेदनशील अभिव्यक्ति आफैमा लैङ्गिक हिंसा हो । जसले गर्दा उनी मेयरको उम्मेदवार हुन लायक छैनन् भन्ने स्पष्ट हुन्छ ।' व्यक्तिको मौलिक हक कुण्ठित गर्ने उनका कार्यलाई राज्यले तुरुन्त कारबाहीको दायरामा ल्याउनुपर्ने संस्थाले ठहर गरेको छ । त्यसैगरि उनलाई विगतमा लागेका आरोपहरू मुलुकी अपराध संहिताको दफा २२४ (यौन दुर्व्यवहार गर्न नहुने ), १६८ (अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने ) र ११८ (अभद्र व्यवहार गर्न नहुने ) विरुद्ध भएकाले सोही अनुरूप अनुसन्धान भई कानुनी दायरामा ल्याइनुपर्ने संस्थाको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
