आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विल्वाओसँग एट्लेटिकोको हार

आइतबार, १८ वैशाख २०७९, ०९ : ०३
आइतबार, १८ वैशाख २०७९

स्पेनिस ला लिगा फटबलमा एथ्लेटिक विल्वाआले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले हराएको छ । सान मेमेसमा शनिबार राति भएको खेलमा विल्वाओको जितमा इनाकी विलियम्सले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको आठौँ मिनेटमा मारियो हर्माेसोको आत्मघाती गोलबाट विल्वाओले अग्रता लिएको थियो । ५६औँ मिनेटमा इनाकी विलियम्सको पेनाल्टी गोल गर्दै विल्वाओलाई जित दिलाए । यस हारसँगै एट्लेटिको मड्रिड ३४ खेलबाट ६१ अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ । पराजित विल्वाओ ५१ अङ्क जोडेर आठौँ स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप