शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली खेलाडीको प्रतिभा देखेर श्रीलंकन प्रशिक्षक दङ्ग

सोमबार, १९ वैशाख २०७९, १० : २६
सोमबार, १९ वैशाख २०७९

क्रिकेट खेलाडीको उत्पादनका लागि चाहिने मुख्य विन्दु भनेको क्रिकेट एकेडेमी हो । क्रिकेट एकेडेमीले उत्पादन गरेका खेलाडीहरू नै पछि राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको पहिचान बनाउन सफल हुन्छन् । त्यसै मध्यको एक एकेडेमी हो, ग्रेट हिमालयन एकेडेमी । 

सन् २०१३ देखि सञ्चालनमा आएको यस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा नेपालका लागि महत्त्वपूर्ण योगदान गरेको छ ।  बागमती प्रदेशले सम्पन्न गरेको क्रिकेट प्रतियोगितामा हिमालयन एकेडेमीका थुप्रै उत्पादनहरु देख्न सकिन्थ्यो । पछिल्लो समय राष्ट्रिय टोलीमा खेलिरहेका सागर ढकाल पनि हिमालयन एकेडेमीका उत्पादन हुन् । त्यस्तै इसान पाण्डे पनि यसै एकेडेमीका उत्पादन हुन् । राष्ट्रिय टोलीका विवेक यादव पनि हिमालयन एकेडेमीसँग जोडिएका खेलाडी हुन् । 

यसरी खेलाडीहरूको उत्पादनमा बलियो पाइला चालेको हिमालयन क्रिकेट एकेडेमीले पहिलो श्रीलंकन प्रशिक्षक ल्याएर प्रशिक्षण दिइरहेको छ । उक्त एकेडेमीले श्रीलंकन प्रशिक्षक मिहिराज वसन्थालाई एकेडेमीको प्रशिक्षकको रूपमा राखेको छ । प्रशिक्षक वसन्थाले नेपाली क्रिकेटमा राम्रो सम्भावना भएको बताएका छन् । युवा खेलाडीहरूको प्रदर्शन हेरेर आफूलाई राम्रो सम्भावना भएको बताएका छन् । क्रिकेट एकेडेमीमा आएको दोस्रो महिना पुग्न लाग्दा उनले करिब एकसय जना खेलाडीहरूलाई प्रशिक्षण दिइरहेका छन् । 

एकेडेमीले वर्षेनी एक प्रतियोगिताहरूको आयोजना गर्छ । दुई दिवसीय खेलकुद बाहेकका दुई प्रतियोगिताहरू आयोजना गर्ने गरेको छ । एकेडेमीका लागि खेलाडीहरू उत्पादनमा अझै उत्कृष्ट ढङ्गले जाने योजना बनाएको बताएका छन् । ‘नेपाली खेलाडीहरूको प्रतिभा देखेर मलाई धेरै खुसी लागेको छ । नेपाल आउने समयमा यति धेरै ट्यालेन्ट खेलाडीहरू हुन्छन् भन्ने लागेको थिएन । मैले एकेडेमी खेलाडीहरू खेलेपछि नेपाली क्रिकेटमा धेरै प्रतिभाहरू छन्,’ वसन्थाले रातोपाटीसँग भने । 

वसन्थाले नेपाली क्रिकेटमा युवा खेलाडीको प्रतिभा देखेर सिनियर टोलीका लागि धेरै खेलाडी उत्पादनको सम्भावना पनि भएको बताए । राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी जस्तै नयाँ प्रतिभाहरू पनि उत्पादन भइरहेको देखेर आफूलाई खुसी लागेको बताए । 

यता एकेडेमीका सञ्चालक सुदीप शर्माले एकेडेमीले नेपाली क्रिकेटमा खेलाडीहरू उत्पादन गर्ने लक्ष्यका साथ आएको र त्यो लक्ष्यमा पुग्ने योजना पनि बनाएको बताए । एकेडेमीले राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादनको लक्ष्य दिएको र यसलाई पूरा गर्ने पनि आफूहरूको लक्ष्य भएको शर्माले बताए । 

‘हामी राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने लक्ष्यमा छौँ । सागर ढकालजस्ता खेलाडी अझै उत्पादन गर्ने हाम्रो लक्ष्य छ । त्यसै योजना अनुसार हामी लागि परेका छौँ । अहिले हामी हाम्रो योजनामा केही खरो उत्रे जस्तो महसुस भएको छ । क्रिकेटका लागि अझै केही गर्ने योजना छ,’ शर्माले रातोपाटीसँगको कुराकानीमा भने ।

शर्माले श्रीलंकन प्रशिक्षक ल्याएर नेपालमा आउँदा प्रशिक्षण गर्न आउने खेलाडीहरूको सङ्ख्या बढेको बताए । नेपाली प्रशिक्षक पनि राम्रो भएको तर, श्रीलंकन प्रशिक्षकको प्राविधिकले कुराहरूमा धरै ज्ञान दिने सोचका साथ खेलाडीहरू सिक्न आउने उनले बताए । 

‘नेपाली प्रशिक्षकहरू पनि उत्कृष्ट छन् । श्रीलंकन प्रशिक्षकले केही धेरै प्राविधिक कुराहरूमा खेलाडीलाई ज्ञान दिन्छन् । श्रीलंकन प्रशिक्षक भएर नै हाम्रो एकेडेमीमा आउने खेलाडीको सङ्ख्या बढेको छ,’ शर्माले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप