सदाका लागि बन्द भयो वेबसाइट र्याङ्किङ सिस्टम ‘एलेक्सा’
अमेजनले वेबसाइटहरुको विश्वप्यापि याङ्किङ सिस्टम एलेक्सा सदाका लागि बन्द गरेको घोषणा गरेको छ । मे १ देखि लागू हुनेगरी अमेजनले सेवा बन्द गरेको हो । नेपालमा समेत वेबसाइटहरुको स्तर मापनका लागि एलेक्सा निकै चर्चित रहँदै आएको थियो ।
एलेक्सामा आफूलाई अब्बल देखाउन अनलाइन सञ्चारमाध्यमका साथै ब्राण्डहरुले एलेक्सालाई डलर तिर्ने प्रचलन समेत व्यक्त थियो । सोमबारदेखि भने एलेक्साले सेवा बन्द भएको सूचना राख्दै करिब २५ वर्ष पुरानो कम्पनीलाई निरन्तरता नदिने बताएको हो । ‘दुई दशकभन्दा लामो समय सेवा पछि हामीले एलेक्सा डटकमलाई मे १, २०२२ देखि बन्द गरेका छौँ’, कम्पनीले भनेको छ ।
सन् १९९६ मा स्थापना भएको एलेक्सा सन् १९९९ मा अमेजनले किनेको थियो । नेपालमा कतिपय व्यापारित क्षेत्रले समेत एलेक्साको आधारमा आफ्नो विज्ञापन योजना बनाउँदै आएका थिए । एलेक्साको आधारमा व्यापार तान्ने भएपछि सञ्चारमाध्यमले एलेक्सामा र्यांक माथि देखाउँदो डलरको खर्च गरेर फर्जी र्यांक समेत देखाउने गरेका थिए ।
एलेक्सामा अब्बल देखाउन भएको प्रतिस्पर्धाका कारण कतिपयले आलोचना समेत गर्ने गरेका थिए । कम्पनीले भने सेवा बन्द गरेको जानकारी दिएपनि के कारणले अप्रिय निर्णय लिनुपर्यो भन्नेबारे स्पष्ट पारेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्माले भने– आफू निकटलाई नभई विज्ञलाई प्राधिकरणको नेतृत्व दिने हो कि ?
-
नाटो शिखर सम्मेलनमा गएका सबै नेतालाई एर्दाेआनले दिए रिभल्भर उपहार
-
कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
-
दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
-
कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण