गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
सारांश
- वीर अस्पतालले मुगुका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था जुनसुकै समयमा बिग्रन सक्ने बताएको छ ।
- अनुहारमा आगो लागेर श्वासप्रश्वासमा असर गरेकाले बिरामीलाई जोगाउन जटिल भए पनि उपचार प्रयास जारी छ ।
- भेन्टिलेटरमा रहेका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ र २१ जनाको विशेष टोली उपचारमा संलग्न छ ।
काठमाडौँ । जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्था जुनसुकै समयमा बिग्रन सक्ने वीर अस्पतालले जनाएको छ ।
आज पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालीको स्वास्थ्य अस्थिर रहेको र जुनसुकै समयमा थप विग्रन सक्ने जानकारी दियो ।
‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ।'
अनुहारमा आगो लागेर स्वास प्रश्वासमा असर गरेपछि बिरामीलाई जोगाउन जटिल हुने भए पनि आफूहरूको प्रयास जारी रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिए ।
वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको नेपालीको शरीर ५५ प्रतिशत जलन भएको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहेका छन् ।
बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको अस्पतालले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको उपचारको क्रममा निधन
-
कलङ्की र नयाँ बसपार्क क्षेत्रबाट ६० जना बिचौलिया पक्राउ
-
बर्ड फ्लुका कारण व्यवसाय नै डुब्यो
-
विद्युत् सेवाको विद्यमान अवस्था र वितरण प्रणालीको अवस्था बुझ्न ऊर्जामन्त्रीको भर्चुअल संवाद
-
काग र लोकल कुखुराकै कारण बर्ड फ्लु नियन्त्रणमा समस्या
-
अक्सिजन सिलिन्डर विस्फोट हुँदा माकलबारीमा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण