८ हजार मिटर अग्ला हिमाल चढ्ने ६ जनालाई गण्डकी सरकारको सम्मान
सारांश
- गण्डकी प्रदेश सरकारले ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने ६ जना आरोहीलाई नगद सहित सम्मान गरेको छ ।
- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन ज्ञवालीले जनही ४५ हजार नगद, सम्मानपत्र, मायाको चिनो र दोसल्ला हस्तान्तरण गरेका हुन् ।
- मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको पर्यटन विकास अब पर्यटकको सङ्ख्या बढाउने भन्दा बसाइ अवधि बढाउने रणनीतिमा केन्द्रित हुनुपर्ने बताए ।
पोखरा । गण्डकी प्रदेश सरकारले ८ हजार मिटर भन्दा अग्ला हिमाल चढ्ने आरोहीलाई सम्मान गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालयले प्रदेशभित्रका ६ जना आरोहीलाई नगद सहित सम्मान गरेको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल तथा मन्त्रालयका सचिव रोशन ज्ञवालीले जनही ४५ हजार नगद, सम्मानपत्र, मायाको चिनो र दोसल्ला हस्तान्तरण गरेका हुन् ।
सगरमाथा, मनास्लु र ल्होत्से आरोहण गरेका गोरखा चुमनुब्री १ का नाहसल छ्योङ्टेन लामा, सगरमाथा आरोही पर्वतको कुश्मा १४ का किरण बहादुर पिसि, सगरमाथा आरोही कास्की माछापुच्छ्रे ४ का किशोर अधिकारी र सगरमाथा आरोही पर्वत बिहादी ४ का देवीप्रसाद न्यौपाने छन् ।
कञ्चनजङ्घाको आरोहण गरेका तनहुँ ऋषिङ २ का अमित थापा र अन्नपूर्ण आरोही सोही पालिकाको वडा नम्बर ५ का नवराज राना पनि सम्मानित भएका छन् ।
सम्मानपछि पाण्डेले गण्डकी प्रदेशको पर्यटन विकास अब पर्यटकको सङ्ख्या बढाउने प्रतिस्पर्धाभन्दा उनीहरूको बसाइ अवधि बढाउने रणनीतितर्फ केन्द्रित हुनुपर्ने बताए ।
‘हामीले अब कति पर्यटक आए भन्नेभन्दा पनि उनीहरूलाई गण्डकीमा थप दिन कसरी बस्न प्रेरित गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पर्यटकको बसाइ लम्बिँदा पर्यटनबाट हुने आर्थिक गतिविधि र स्थानीय आम्दानी दुवै बढ्छ ।’
अहिले अफसिजन मानिने समयमा समेत पोखरा लगायत गण्डकीका पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल कायम रहनु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत भएको सुनाए ।
उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पर्वतारोहीहरूको साहस, धैर्य र समर्पणले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनीहरूको उपलब्धिले नयाँ पुस्तालाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरिन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
-
जनार्दन शर्माले भने– आफू निकटलाई नभई विज्ञलाई प्राधिकरणको नेतृत्व दिने हो कि ?
-
नाटो शिखर सम्मेलनमा गएका सबै नेतालाई एर्दाेआनले दिए रिभल्भर उपहार
-
कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
-
दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
-
कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण