दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
सारांश
- लेखा समिति अन्तर्गतका बेरुजुसम्बन्धी उपसमितिको नेतृत्व विवाद टुङ्गिएको छ ।
- पाँचमध्ये दुई उपसमितिको नेतृत्व छाड्न सत्तारुढ दल तयार भएसँगै विवाद टुङ्गिएको हो ।
- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट भने कोही पनि संयोजक बनेनन् ।
काठमाडौँ । लेखा समिति अन्तर्गतका बेरुजुसम्बन्धी उपसमितिको नेतृत्व विवाद टुङ्गिएको छ । शुक्रबार बसेको समितिको बैठकमा समिति अन्तर्गत पाँच उपसमितिको नेतृत्व टुङ्गो लागेको हो ।
लेखा समिति अन्तर्गत विभिन्न बेरुजुको टुङ्गो लगाउन अर्थ र सुशासन, राज्य सुरक्षा न्याय कानुन र प्रशासन, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण, आर्थिक उत्पादन, विज्ञान र मानव पुँजी तथा सामाजिक न्याय कल्याण र समावेशीकरण गरी पाँचवटा उपसिति बनाउने निर्णय भएको थियो ।
तर, सबै उपसमितिमा आफ्नै नेतृत्व हुनुपर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको अडानका कारण संयोजक र सदस्यहरुको टुङ्गो लाग्न सकेको थिएन ।
पाँचमध्ये दुई उपसमितिको नेतृत्व छाड्न तयार भएसँगै विवाद टुङ्गिएको हो । सबै समितिमा संयोजक समेत टुङ्ग्याइएको छ । यस अनुसार अर्थ र सुशासन उपसमितिमा रास्वपाका रूकेश रञ्जित, राज्य सुरक्षा, न्याय, कानुन र प्रशासन उपसमितिमा एमालेका यज्ञ बोगटी छन् ।
त्यस्तै, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमितिमा राप्रपाकी खुस्बु ओली, आर्थिक उत्पादन, विज्ञान र मानव पुँजी उपसमितिमा रास्वपाका खगेन्द्र सुना।र खगेन्द्र सुनार र सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमितिमा मनिष झा संयोजक हुनेछन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट भने कोही पनि संयोजक बनेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण