सुर्खेतको चिङ्गाडमा दुई दलीय गठबन्धन टुट्यो, काँग्रेसले धोका दिएको माओवादीको आरोप
सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकामा माओवादी–काँग्रेसबीचको दुई दलीय गठबन्धन टुटेको छ । काँग्रेसको स्वार्थ अनुकुल गठबन्धन बनेको र काँग्रेसले नै धोका दिएको भन्दै माओवादी केन्द्र बाहिरिएको हो ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै माओवादीले गठबन्धन तोडेको जानकारी गराएको छ । माओवादीले प्रदेशमा भएको सहमति विपरीत काँग्रेस अघि बढ्न खोजेको आरोपसमेत लगाएको छ ।
चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष काँग्रेसलाई दिने सहमति भएको थियो । माओवादीलाई ०७४मा जितेका वडासहित तीन वटा वडाको नेतृत्व लिनेगरी निर्वाचन लड्ने सहमति भएको माओवादी चिङ्गाडका अध्यक्ष समर बहादुर कामीले बताए ।
सोही अनुसार माओवादीले निर्णयलाई इमानदारिता पूर्वक कार्यान्वयन गरे पनि काँग्रेसले गठबन्धनको मर्म विपरीत एकलौटी उल्लंघन गरेको छ,’ उनले भने, ‘काँग्रेसले पालिकास्तरमा देखाएको व्यवहार षड्यन्त्रकारी, झुट र बेइमानीपूर्ण देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण