स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट
जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।
बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ । “नौ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन”, उनले भने । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार जिल्लाभरि ११० स्याउका नर्सरी दर्ता छन् । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गरिरहेका छन् । अधिकांश किसानले उत्पादन गरेको बिरुवा बिक्री हुन नसकेको उनी बताउँछन् ।
यसअघि जिल्लामा उत्पादित स्याउका बिरुवा मुगु, बझाङ, बाजुरा, डोल्पा, अछाम, हुम्लालगायत जिल्लामा बिक्री गर्ने गरिएको थियो । जुम्लामा तीन हजार ४५० हेक्टरमा स्याउ खेती भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण