नार्कद्वारा फौजी किरा व्यवस्थापन गर्ने नयाँ प्रविधिको विकास
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले मकैमा लाग्ने फौजी किराको व्यवस्थापन गर्न नयाँ प्रविधिको विकास गरेको छ। ग्रीजजस्तो पदार्थलाई मकैको पातमा प्रयोग गरेर फौजी किरा नियन्त्रण गर्न सकिने नयाँ प्रविधिको विकास गरिएको डा.उज्जवलकुमार सिंह कुशवाहाले जानकारी दिए । उक्त अनुसन्धानको पूर्ण विवरण र नतिजा विख्यात नेचर जर्नल ‘साइनटिफिक रिपोर्टस’ को अनलाईन संस्करणमा ५ मई २०२२ मा प्रकाशित भएको छ।
‘किराबाट प्रभावित मकैको टुप्पोको नयाँ पातमा करिब १५ ग्रामजति ग्रिज लगाउँदा फौजिकिरा भाग्नेगर्छ’ अनुसन्धानकर्ता कुशवाहाले भने ।
फौजीकिरा अत्यन्तै खन्चुवा र चलायमान जीव हो, जुन रातिको बेला मकैका नयाँ र नरम पात खानका लागि एउटा बोटबाट अर्को बोटमा घुमिरहन्छ। यसरी पातमा थोरै मात्रामा ग्रिस लगाइदिने हो भने किरा डुल्ने क्रममा ग्रीसमा टाँसिन पुग्छ, जसले गर्दा उसमा एलर्जी उत्पन्न हुन्छ र उ आफुलाई सुरक्षित महसुस गर्नका लागि ग्रिस लगाएको बोट छाडेर टाढा भाग्छ। यसरी विषादीको प्रयोग नगरी ग्रिसबाट पनि फौजी किरा व्यवस्थापन गर्न सकिने कुशवाहाले जानकारी दिए ।
उनले भने, ‘मकै लगाएको खेतको सम्पूर्ण बोटमा ग्रिस लगाउनुपर्छ भन्ने छैन, खेतमा लगाएको मकैको कुल जनसंख्याको ५.१० प्रतिशत जति मकैको बोटमा ग्रिस लगाए पुग्छ ।’ मकै बालीको लागि फौजी किराको लार्भा अत्यन्तै खतरनाक मानिन्छ । यो विश्वव्यापी समस्याबाट निराकरण पाउनका लागि थुप्रै अध्ययन अनुसन्धानहरू भैरहेका छन्। नेपालमा सर्वप्रथम फौजी किराको प्रकोप सन् २०१९ मा देखिएको थियो र अहिले यो किराको प्रकोप व्यापक हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण