आचारसंहिताबारे निर्वाचन आयोगले गरायो सञ्चारमाध्यमलाई सचेत
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता पालनामा ध्यान दिन सञ्चारमाध्यमहरूलाई सचेत गराएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय तुल्याउन समाजका सबै पक्षको योगदान हुन आवश्यक रहेको भन्दै आयोगले कतिपय सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताको व्यवस्था विपरीत विभिन्न दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री गर्ने गरेको पाइएको विज्ञप्तिमार्फत जनाएको छ ।
‘पूर्वानुमानयुक्त सामग्री प्रकाशन र प्रसारण गर्ने, निर्वाचन प्रचारप्रसारका क्रममा रहेका केही दल र उम्मेदवारलाई मात्रै स्थान दिइ समान अवसरबाट वञ्चित गर्ने, अन्तर्वार्ता लिने क्रममा मुख्य उम्मेदवार भनेर आफूखुशी कसैलाई बढावा गर्ने वा कोही उम्मेदवारलाई कमजोर उम्मेदवार भनेर चित्रण गर्ने, कतिपय सञ्चारमाध्यमले मान्यताहरुसँग अन्तर्वार्ता लिने क्रममा कसलाई मतदान गर्नुहुन्छ ? भनी उत्तर दिन बाध्य पार्ने तथा कतिपय अनलाइन सञ्चारमाध्यममा उम्मेदवारहरूबारे पक्ष वा विपक्षमा तथ्यहीन र आचारसंहिता विपरीतका समाचार सम्प्रेषण गराई त्यसलाई सामाजिक सञ्जालका विभिन्न खाता प्रयोग गरी बुष्ट (स्पोन्सर) गर्ने जस्ता क्रियाकलापप्रति आयोगको गम्भीर ध्यानाकर्षण
भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।
आयोगले आचारसंहिता विपरीत सामग्री प्रकाशन र प्रसारण गर्ने केही सञ्चारमाध्यमविरुद्ध परेको उजुरी र जानकारीका आधारमा स्पष्टीकरण जवाफ माग गरेको जानकारी दिँदै सञ्चारमाध्यममा आचारसंहिताको पालनाबारे प्रेस काउन्सिल नेपालको सहयोगमा नियमित अनुगमन भइरहेको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने गरी कुनै पनि सामग्री प्रकाशन र प्रसारण नगर्न आयोग सबै सञ्चारमाध्यम र पत्रकारहरुलाई पुनः आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण