निर्वाचन सुरक्षाका लागि जुम्लामा १ हजार ७ सय बढी सुरक्षाकर्मी परिचालन
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि जुम्लामा १ हजार ७ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जुम्लाको सुरक्षा संयन्त्रले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । जसमा नेपाल प्रहरी ४ सय ३२,नेपाली सेना ३ सय ५० ,सशस्त्र प्रहरी २ सय ७० र ६ सय ६९ म्यादी प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेकी तथा स्थलगत निरीक्षणको काम गरिरहेको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । ‘निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइसकेको छ’ उनले भने । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् ।
त्यस्तै निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । केही सुरक्षाको जनशक्तिलाई तयारी अवस्थामा राखिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताइन् । उनले भनिन, ‘मर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ ।’
त्यस्तै नन्दबक्स गणका गणपति रविन थापाले जुम्लाका आठवटै स्थानीयतहमा नेपाली सेना परिचालन भएको बताए । उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले सेनाले सुरक्षाको लागी कुनै पनि कसर बाँकी नराखी कार्य गर्ने बताए ।
त्यस्तै सशस्त्र प्रहरी बल नम्वर ३३ गण जुम्लाका एसपी चित्रङ्गत दाहालले निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा जिल्ला स्थित सबै सुरक्षा निकाय योजनाबद्ध तरिकाले लागेको बताए । उनले भने, ‘मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने गरी सुरक्षा रणनीति बनाइएको छ ।
निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले समेत काम गर्ने बताइएको छ । तर जुम्लामा केही भौगोलिक हिसावले विकट स्थानमा रहेका मतदान स्थललाई लक्षित गरी चुनावमा हुन सक्ने राजनीति दलको प्रतिष्पर्धा र झडप लगायत चुनौती हुनसक्ने, आकलन गरेर जुम्लाको सुरक्षा संयन्त्रले योजना बनाएर अगाडी बढेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण