तीनथरी मतदाता फकाउँदै एमाले
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत मागेका हुन्। उद्योगी व्यवसायी, किसान, श्रमिकलाई पनि सम्बोधन गर्दै ओलीले मत मागे। ओलीले आगामी पाँच वर्षभित्र मुलुकका सबै गाउँ, नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समतामूलक एवं समृद्ध बनाउने प्रतिज्ञा गरेका छन्।
पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसप्रति निकै आक्रामक बनेका ओलीले एमाले नेतृत्वको सरकारका पालामा मुलुकलाई समृद्धिको बाटोतर्फ उन्मुख गराएको दाबी गर्दै स्थानीय चुनावको मुखमा मतदाता फकाउने प्रयास गरेका हुन्। उनले बहुदलीय शासन व्यवस्था स्थापनापछिका वर्षमा एमालेले करिब सात वर्ष आफ्नै नेतृत्वको सरकार र करिब तीन वर्ष संयुक्त सरकारमा सहभागी भई काम गर्ने अवसर पाएको बताए। उनले यस अवधिमा काँग्रेसले करिब २० वर्ष आफ्नै नेतृत्वको सरकार र करिब सात वर्ष संयुक्त सरकारमा सहभागी हुँदा पनि युवा, प्रौढ तथा बेरोजगारका लागि कुनै पनि कार्यक्रम र योजना नल्याएको आरोप लगाए। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
-
अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण