पश्चिम रुकुममा काँग्रेस कार्यकर्ताको मोटरसाइकल जलाएको आरोपमा २ जना पक्राउ
पश्चिम रुकुमको आठबीसकोटमा कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबिसकोट नपा–१० घर भएका २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओली छन् । उनीहरु माओवादी केन्द्र निकट वाईसीएल कार्यकर्ता हुन् ।
सोमबार आठबिसकोट नगरपािलका–१० मा झड हुँदा उनीहरुले कांग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको मोटरसाइकल जलाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आईतबार पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा पनि झडप भएको थियो । झडपका क्रममा माओवादी कार्यकर्ताले त्रिवेणी गाउँपालिकाको अध्यक्षका उम्मेदवार अमर सिंह खड्काको गाडीमा तोडफोड गरेका थिए । खड्का सवार रा.१ ज १२६५ नम्बरको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले ५० वर्षीय गणेश खड्कालाई पक्राउ गरेको छ । पक्राउ गरिएका आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण