महिलाको शव फेला
मङ्गलबार, २७ वैशाख २०७९, १२ : ५१
रुकुम(पूर्व) मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो ।
सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल लगिएको छ । शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण