शान्ति प्रक्रियालाई पूर्णता दिन गठबन्धन : उपसभापति खड्का
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । सुर्खेतका विभिन्न पालिकामा आयोजित छुट्टाछुट्टै आमसभामा बोल्दै खड्काले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका हुन् ।
पूर्वगृहमन्त्री समेत रहेका नेता खड्काले कोही कसैलाई पनि गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आनाकानी नगर्न आग्रह गरे । खड्काले संविधान मास्नेविरुद्ध अहिले पाँच दलीय गठबन्धन बनेको भन्दै संविधानको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताए । नेकपा एमालेको सरकारले जनताका अधिकार मास्ने र प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध गठबन्धन गरिएको उनले स्पष्ट पारे । खड्काले गठबन्धन शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि रहेको बताए । कसैलाई जिताउन वा हराउनका लागि नभई संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनको भनाइ थियो ।
“गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डले सुरुआत गरेको शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक छ”, खड्काले भने, “त्यसैले यो गठबन्धन स्थानीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ ।” उनले एमालेका केपी शर्मा ओलीका कारण सुरु गरिएको शान्ति प्रक्रियाले पूर्णता नपाएको भन्दै अब निर्माण हुने गठबन्धनको सरकारले यसलाई पूर्णता दिने बताए ।
उनले नागरिकका अधिकार रक्षा र प्रेस स्वतन्त्रताका लागि पनि गठबन्धनले जित्न आवश्यक रहेको औँल्याए । केपी ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध काँग्रेस, माओवादीलगायतका दल गठबन्धनमा सङ्गठित भएर सङ्घर्षमा होमिएको कार्यकर्तालाई प्रष्ट पारे । “ओलीको अहंकार, एमालेको प्रतिगमनकारी, गणतन्त्र विरोधी क्रियाकलापलाई परास्त गरी संविधान बचाउनका लागि गठबन्धन गरेका हौँ”, खड्काले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
-
काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण