हुम्लामा निर्वाचन अधिकृतलाई निलम्बन गर्न माग, चुनाव रोक्ने चेतावनी
सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले हुम्ला जिल्ला अदानचुली गाउँपालिका मा खटिएका निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोप लगाउँदै उनलाई कारबाही गर्न माग गरेको छ । कारबाही नगरिए चुनावसमेत रोक्ने उनीहरुले चेतावनी दिएका हुन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा निर्वाचन अधिकृतले निर्वाचन आचार संहिता विपरीत सर्वदलीय सहमति बिना एकलौटी रूपमा काम गरेको आरोप लगाइएको छ । गाउँपालिमा करार कर्मचारी रूपमा काम गर्ने र उम्मेदवारका घरभित्रकै मान्छेलाई निर्वाचनलाई प्रभावित पार्ने गरी आचारसंहिता विपरीत निर्वाचन कर्मचारीको रूपमा नियुक्ति गरेको उनीहरूको आरोप छ ।
निर्वाचन हुनु अगाडी नै कानुन विपरीत सक्कल मतपत्र एउटा दललाई मात्र वितरण गरेको तथा सर्वदलीय सहमति नहुँदै प्रेसमा सूचना प्रसारण गरेको र निर्वाचन अधिकृत स्वयमले निर्वाचन जस्तो संवेदनशील समयमा पूर्व गाउँपालिका अध्यक्ष र एमालेबाट हाल गाउँपालिका अध्यक्ष उम्मेदवार दल फडेराको घरमा गएर बस्ने र खानपिन गर्ने गरेको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण