कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सर्यो

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो ।
निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । जसअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली काँग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।
निर्वाचन अधिकृत कुवेर पाण्डेयले नगरपालिकाभरी नै ३ गते मतदान हुने रातोपाटीलाई बताए । उनले भने, ‘आज उम्मेदवारी परेको छ । आज नै नाम प्रकाशन गरेर भोलि दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिन्छ । उसो नगरपालिकामा मौन अवधि वैशाख ३१ गते साँझबाट लागु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?
-
असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने
-
अछाममा चट्याङ लाग्दा महिला घाइते, बाख्रा मरे
-
जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान, तस्बिरहरू
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?
-
अनधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी