कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सर्यो
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो ।
निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । जसअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली काँग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।
निर्वाचन अधिकृत कुवेर पाण्डेयले नगरपालिकाभरी नै ३ गते मतदान हुने रातोपाटीलाई बताए । उनले भने, ‘आज उम्मेदवारी परेको छ । आज नै नाम प्रकाशन गरेर भोलि दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिन्छ । उसो नगरपालिकामा मौन अवधि वैशाख ३१ गते साँझबाट लागु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
