जुम्लाको शंकर मावि मतदानस्थलमा झडप, मतदान रोकियो
शुक्रबार, ३० वैशाख २०७९, १३ : ३३
जुम्लाको गुठीचौर गाउँपालिका गज्यांकोटस्थित शंकर बहुद्देश्य माध्यमिक बिद्यालयको मतदान केन्द्रमा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीबीच झडप हुँदा मतदान स्थगित भएको छ ।
कार्यकर्ताबीचको झडपमा सहायक निर्वाचन अधिकृत रवी भण्डारीलाई समान्य चोट लागेको छ । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले मतदान स्थलमा मतदाताले मतपत्र च्यात्न खोज्दा झडप भएको बताएकी छन् ।
‘मतपत्र च्यात्न खोज्दा दुुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । अहिले मतदान स्थगित भएको छ । सर्वदलीय बैठकले मतदानको विषयमा निर्णय गर्नेछ,’ प्रसाईंले रातोपाटीलाई बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण