स्थगित भएको जुम्लाको गज्र्याङकोटमा आधा मतदाताले भोट गरे
वैशाख ३० गतेको निर्वाचनमा झडप भई स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आइबतार मतदान जारी छ । ३० गते स्थगित भएको मतदान आइतबारका लागि तोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार आइतबार अपरान्ह १ बजेसम्म करिब ५ सय मतदाताले मतदान गरिसकेका छन् । उक्त मतदान केन्द्रमा १ हजार ७ जना मतदाता रहेका छन् ।
वैशाख ३० गतेको निर्वाचन स्थगित भएपछि आइतबार कडा सुरक्षाकाबीच मतदान भइरहेको छ ।
मतदान स्थलमा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द लगायतको सुरक्षाकर्मीको टोली खटिएको छ । मतदान स्थलको भित्री घेरामा जनपथ प्रहरी, त्यसभन्दा बाहिरी घेरामा शसस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण