शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रसुवाका तीन पालिकामा एमाले, दुईमा काँग्रेसको अग्रता

आइतबार, ०१ जेठ २०७९, १३ : ३८
आइतबार, ०१ जेठ २०७९

रसुवाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । स्थानीय तह निर्वाचनको शुक्रबार भएको मतदानको जिल्लाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । तीनवटा पालिकामा एमाले र दुईवटामा काँग्रेसको अग्रता छ ।

साढे १२ बजेसम्मको तथ्यांकअनुसार उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा एमाले तथा कालिका र नौकुण्ड गाउँपालिकामा काँग्रेसको अग्रता छ । कालिका गाउँपालिकामा अध्यक्षमा १२ सय ५४ मतसहित काँग्रेस अगाडि छ । एमालेको ११ सय ४९ मतसहित दोस्रो र ११ सय ३६ मतसहित माओवादी तेस्रो स्थानमा छ । उपाध्यक्षमा १६ सय २८ मतसहित काँग्रेस पहिलो, नौ सय तीन मतसहित एमाले दोस्रो र ५ सय ६८ मतसहित एकीकृत समाजवादी तेस्रो छ । 

आमाछोदिङ्मोको अध्यक्षमा नौ सय ४३ मतसहित एमाले पहिलो, नौ सय २८ मतसहित काँग्रेस दोस्रो र तीन सय ६२ मत ल्याएर माओवादी तेस्रो छ । उपाध्यक्षमा आठ सय ४५ मतसहित काँग्रेस पहिलो, ६ सय ३३ मतसहित माओवादी दोस्रो र ६ सय २८ मतसहित एमाले तेस्रो स्थानमा छ । 

उत्तरगयामा अध्यक्षमा १४ सय ५७ मतसहित एमाले पहिलो र १२ सय ५४ मतसहित काँग्रेस दोस्रो छ । उपाध्यक्षमा १५ सय ३५ मतसहित एमाले पहिलो र १२ सय ५० मतसहित काँग्रेस दोस्रो स्थानमा छ । नौकुण्डको अध्यक्षमा १४ सय ५७ मतका साथ काँग्रेस पहिलो र नौ सय ३५ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा आठ सय ४३ मतसहित एमाले पहिलो र ६ सय ८१ मतसहित जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ । गोसाइँकुण्डको अध्यक्षमा नौ सय ४४ मतका साथ एमाले पहिलो र नौ सय पाँच मतसहित काँग्रेस दोस्रो स्थानमा छ । उपाध्यक्षमा नौ सय ७२ मतका साथ एमाले पहिलो र आठ सय ७७ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप