हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन
आइतबार, ०१ जेठ २०७९, १५ : ४९
नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो ।
न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन । ती तीन स्थानका मतपेटिका आज नेपाली सेनाको हेलीकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्रमा ल्याइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार संकलित मतपेटिकाको मतगणनाकार्य आजै बेलुकासम्म सुरु गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण