वडा अध्यक्षका दुई उम्मेदवारको बराबर मत, गोलाप्रथा गर्न मानेनन्
सोमबार, ०२ जेठ २०७९, ११ : १२
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । काँग्रेसका उम्मेदवार बलबहादुर रोकाया र एमालेका उम्मेदवार चन्द्रवीर रावतले बराबर मत पाएका हुन् ।
अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन् । गोलाप्रथाबाट नतिजा टुङ्गो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए ।
‘उहाँहरुले आधा–आधा कार्यकाल गर्ने कुरा गर्नुभएको छ, त्यो कुरा कानुनमा छैन,’ उनले भने, ‘उहाँहरुले आफै आयोगमा कुरा गर्छौं भनेर भन्नुभएको छ, हामी पनि परामर्श गर्दैछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण