नलगाडको मेयर माओवादी र उपमेयरमा काँग्रेस विजयी
मङ्गलबार, ०३ जेठ २०७९, १० : ३९
जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा काँग्रेस विजयी भएको छ । मेयरमा माओवादीका डम्बरबहादुर रावत निर्वाचित भएका हुन् । रावतले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धर्मबहादुर शाहीलाई १ हजार ९७३ मत अन्तरले पराजित गरे ।
नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५९९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत प्राप्त गरे । उपप्रमुखमा नेपाली काँग्रेसकी सुरिता सिंहले ५ हजार ४०६ मत प्राप्त गरी विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई २ हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन् । नेकपा एमालेकी बोहराले ३ हजार ३९३ मत प्राप्त गरेकी छन् । नलगाडमा काँग्रेस माओवादी गठबन्धन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण