काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार विजयी
जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएको छन् । नेपाली काँग्रेसको गढ मानिएको उक्त नगरपालिकामा काँग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पदमबहादुर शाहीले २३ सय ४१ मत ल्याए । त्यस्तै नेकपा एमालेका धेवेन्द्र रोकायाले १५ सय ७० मत ल्याए । जुम्लामा जम्मा ११ हजार ९८ मत खसेको थियो । जसमा ५ मत बदर भएको थियो । २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका कठायत पराजित भएका थिए ।
त्यसपछि मेयरको तयारी गरिरहेका उनलाई काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उपप्रमुखमा नेपाली काँग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । उनले २ हजार ८ सय ८ मत प्राप्त गरिन् । त्यस्तै नेकपा माओवादीकी उम्मेदवारले १ हजार ६ सय ३३ मत ल्याइन् । चन्दननाथ नगरपालिकामा २०७४ सालको चुनावमा नेपाली काँग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
-
विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
-
नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
-
कम्युनिस्टहरूलाई किन गाली गर्दैछन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण