खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
सारांश
- इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
- इरानी सरकारी प्रसारक आईआरआईबीका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कतारस्थित अल उदैद हवाई सैन्य अड्डामाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
- ओमान, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य सम्पत्तिमाथि पनि आक्रमण गरिएको इरानी सेनाले दाबी गरेको छ ।
तेहरान । इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । यो आक्रमण अमेरिकाले इरानमाथि गरेको पछिल्लो सैन्य कारबाहीपछि गरिएको प्रतिआक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इरानी सरकारी प्रसारक आईआरआईबीका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कतारस्थित अल उदैद हवाई सैन्य अड्डामाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
आईआरजीसीले ओमानको दुक्म बन्दरगाहमा अमेरिकी विमानवाहक युद्धपोतका लागि प्रयोग हुने रसद आपूर्ति केन्द्र तथा इन्धन भर्ने संरचनामाथि पनि व्यापक र अप्रत्याशित आक्रमण गरेको दाबी गरेको छ ।
त्यस्तै, सेनाले कुवेतमा अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गर्दै प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीसहितका संरचनामाथि ड्रोन आक्रमण गरेको पनि जनाइएको छ । बहराइनमा पनि अमेरिकी पाँचौं नौसैनिक मुख्यालयसँग सम्बन्धित सञ्चार प्रणाली र राडार स्थापनालाई निशाना बनाइएको इरानी सेनाले दाबी गरेको छ ।
यसैबिच कतार र कुवेतले आइतबार बिहान आफ्नो हवाई क्षेत्रमा भएका आक्रमणहरू सफलतापूर्वक अवरोध गरिएको बताएका छन् । बहराइनमा साइरन बजाइएको थियो भने स्थानीय प्रशासनले नागरिकलाई नजिकको सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो ।
उता, इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले जोर्डनस्थित प्रिन्स हसन हवाई सैन्य अड्डामा रहेको ड्रोन भण्डारण ह्याङ्गरसहितका सैन्य संरचना ध्वस्त पारेको दाबी पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
-
ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
-
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण