बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
आइतबार, २८ असार २०८३, १२ : २४
सारांश
- रास्वपा नेता बालेन्द्र (बालेन) सरकारविरुद्ध काठमाडौँको माइतीघरमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले प्रदर्शन गरेका छन् ।
- उनीहरुले सरकारले ७८ दिनसम्म सुकुम्वासी व्यवस्थापन गर्न नसकेको र गैरन्यायिक पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
- सरकारले ७८ दिनअघि थापाथलीलगायतका स्थानबाट सुकुमबासीहरुलाई होल्डिङ सेन्टरमा राखेपनि स्थायी बन्दोबस्त नगर्दा पीडितहरू थप पीडामा परेका छन् ।
काठमाडौँ । रास्वपा नेता बालेन्द्र (बालेन) सरकारविरुद्ध काठमाडौँको माइतीघरमा सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले ७८ दिनसम्म सुकुमबासी व्यवस्थापन गर्न नसकेको, गैरन्यायिक पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘दमन होइन न्याय दे’, अभियान्तामाथिको दम बन्द गर, होइन भने होस् गर’ जस्ता प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।
सरकारले ७८ दिनअघि काठमाडौँको थापाथलीलगायतका स्थानबाट सुकुमबासीहरुलाई होल्डिङ सेन्टरमा राखेपनि स्थायी बन्दोबस्त गरेको छैन । जसका कारण पीडितहरू थप पीडा भोग्न बाध्य भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण