चौरजहारीमा काँग्रेस–एमालेको गठबन्धन तोड्दै माओवादी विजयी
बुधबार, ०४ जेठ २०७९, १३ : ०२
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेस –एमालेको गठबन्धनलाई तोड्दै माओवादीका पुष्प वादी प्रमुखमा जितेका हुन् ।
यस्तै उपप्रमुखमा पनि माओवादीकै इश्वरी शर्मा विजयी भएकी छन् । प्रमुखमा विजयी वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए । ०७४ मा माओवादी केन्द्रका बिशाल शर्माले ५ हजार ४२० मत ल्याएर निर्वाचित भएका थिए ।
उपप्रमुखमा निर्वाचित शर्माले ७ हजार २ मत पाएर विजयी भएकी हुन् । एमालेका टंकप्रसाद ओलीले ५ हजार ७ सय ४४ मत पाए । नगरपालिकाका १४ वटा वडाहरुमध्ये १२ वटा माओवादी र दुई वटा काँग्रेसले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण