बारेकोटको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
बुधबार, ०४ जेठ २०७९, १६ : ३४
जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन् ।
यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी ३६ सय ६३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेकी उम्मेदवार गिता सिहलाइ पराजित गरेका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँबाट काँग्रेसबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए । बारेकोट गाउँपालिकामा माओवादी केन्द्र र काँग्रेसबीच चुनावी गठबन्धन भएको थियो । एमालेले एक्लै निर्वाचनमा होम्मिएको थियो । अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण