जुम्लामा काँग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित
जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक भएको छ । मत परिणाम अनुसार जिल्लामा नेपाली काँग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष काँग्रेस विजयी भएको छ । यस्तै तिला र सिंजा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत महेश न्यौपानेले जानकारी दिए । जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले विजयी हासिल गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसले हिमा, कनकासुन्दरी र चन्दननाथ नगरपालिकामा उपप्रमुखमा जीत हासिल गरेको छ । एकीकृत समाजवादीले जिल्लाको एकमात्र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ । निर्वाचनमा जिल्लामा एमालेले कुनै पनि स्थानमा विजयी हासिल गर्न सकेनन् । सो पार्टीले २०७४ को स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्षमा जितेको थियो । माओवादीले २०७४ मा तातोपानी, हिमा र गुठीचौरमा जितेको थियो । अहिले गुमाएको छ । काँग्रेसले चन्दननाथ नगरपालिका २०७४ मा जितेको थियो अहिले स्वतन्त्र उम्मेदवारले नगरपालिकामा जितेका छन् । जिल्लामा काँग्रेसले पाँच स्थानीय तह जितेर पहिलो पार्टी बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण