बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जर्ज डब्लू बुसले जब इराक युद्धलाई ‘बर्बर’ र ‘अन्यायपूर्ण’ भने‍...

बिहीबार, ०५ जेठ २०७९, १५ : ५६
बिहीबार, ०५ जेठ २०७९

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले भुलबस इराक आक्रमणलाई ‘बर्बर’ र ‘अन्यायपूर्ण’ बताएका छन् । बुधबार डलासमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा बुसले यसो भनेका थिए। 

बुसले लगतै आफूलाई सच्चाउदै ‘युक्रेनमाथिको रुसी आक्रमण भन्ने खोजेको’ भनेका थिए । सम्बोधनमा बुसले रुसी प्रणालीको कमजोरी र युक्रेन युद्धमा त्यसको सम्बन्धबारे बोल्दै भनेका थिए,‘ रुसमा नियन्त्रण र सन्तुलनको प्रणाली नुहदाँ एक जना व्यक्तिले इराकमाथि पूर्णत बर्बर र अन्यायपूर्ण आक्रमण घोषणा गर्न सके ।’ गल्ती बोलेको महसुस भएपछि लगतै बुसले ‘मेरो मतलब, युक्रेनमाथि’ भनेर आफ्नो भनाई सच्याउने प्रयास गरेका थिए । 

बुसले बुढ्यौलीको कारण यस्तो गल्ती भएको ठट्टा गरे । यो सुनेर उपस्थित स्रोता हाँसेका थिए।  सन् २००३ मा बुस राष्ट्रपति हुँदा अमेरिकाले इराकमाथिको आक्रमणको नेतृत्व गरेको थियो । इराकमा आम नरसंहारकारी हतियारको ठूलो भण्डार रहेको आरोप लगाएर आक्रमण गरिएको थियो। पछि त्यस्तो हतियार भेटिएन । 

वर्षौं लम्बिएको इराक युद्धमा लाखौं मानिसको मृत्यु भयो भने त्योभन्दा धेरै विस्थापित भएका थिए । बुसले भुलवस भनेका भनाई समाजिक संजालमा भाइरल बनेको छ । डलास न्युजका एक रिपोर्टरले हालेको बुसको सानो भिडियोलाई मात्रै ३० लाख पटक हेरिएको छ। 

रोयटर्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप