आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु ३,३१८ मतले अगाडि

बिहीबार, ०५ जेठ २०७९, २३ : १४
बिहीबार, ०५ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३,३१८ मतको अग्रता बनाएकी छन् । उनले १८,४८० मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १५,१६२ मत पाएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७,३५४ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २१,०५९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १२,०१२ मत पाएकी छन् । हालसम्म भरतपुरमा ४९,०१४ मतगणना सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप