रोमाञ्चक नर्थ लण्डन डर्बीमा आर्सनल विजयी
लण्डन । नर्थ लण्डन डर्बीमा टोटनह्यामलाई हराउँदै आर्सनलले प्रिमियर लिगको उपाधिमा आफ्नो दाबेदारी कायम राखेको छ । आइतबार राति भएको खेलमा आर्सनल ३–२ गोलले विजयी बन्यो ।
खेलको पहिलो हाफमा आर्सनलले आत्मघाती गोलबाट अग्रता लिएको थियो । २७ औँ मिनेटमा बुकायो साकाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा काई हाभर्टजले आर्सनलका लागि तेस्रो गोल गरे ।
तर, दोस्रो हाफमा टोटनह्याम खेलमा फर्कियो । आर्सनलका गोलकिपर डेभिड रायाको गल्तीको फाइदा उठाउँदै क्रिस्टियन रोमेरोले गोल गरे । ८७ औँ मिनेटमा सन ह्युङ मिनले पेनाल्टीबाट दोस्रो गोल फर्काए । त्यसपछि भने कुनै गोल हुन सकेन र खेल आर्सनलले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
जितपछि आर्सनलले केही समयका लागि भए पनि पहिलो स्थानमा ४ अङ्कको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको सिटीले आइतबार नै नटिङह्याम फरेस्टसँग खेल्दैछ । सो खेल जिते आर्सनलको अग्रता एक अङ्कमा झर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण