आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक नर्थ लण्डन डर्बीमा आर्सनल विजयी

आइतबार, १६ वैशाख २०८१, २१ : ०६
आइतबार, १६ वैशाख २०८१

लण्डन । नर्थ लण्डन डर्बीमा टोटनह्यामलाई हराउँदै आर्सनलले प्रिमियर लिगको उपाधिमा आफ्नो दाबेदारी कायम राखेको छ । आइतबार राति भएको खेलमा आर्सनल ३–२ गोलले विजयी बन्यो ।

खेलको पहिलो हाफमा आर्सनलले आत्मघाती गोलबाट अग्रता लिएको थियो । २७ औँ मिनेटमा बुकायो साकाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा काई हाभर्टजले आर्सनलका लागि तेस्रो गोल गरे ।

तर, दोस्रो हाफमा टोटनह्याम खेलमा फर्कियो । आर्सनलका गोलकिपर डेभिड रायाको गल्तीको फाइदा उठाउँदै क्रिस्टियन रोमेरोले गोल गरे । ८७ औँ मिनेटमा सन ह्युङ मिनले पेनाल्टीबाट दोस्रो गोल फर्काए । त्यसपछि भने कुनै गोल हुन सकेन र खेल आर्सनलले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

जितपछि आर्सनलले केही समयका लागि भए पनि पहिलो स्थानमा ४ अङ्कको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको सिटीले आइतबार नै नटिङह्याम फरेस्टसँग खेल्दैछ । सो खेल जिते आर्सनलको अग्रता एक अङ्कमा झर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप