आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनुलाई ३,३३८ मतको अग्रता

शुक्रबार, ०६ जेठ २०७९, ०० : ११
शुक्रबार, ०६ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३,३३८ मतको अग्रता बनाएकी छन् । उनले १८,७१३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १५,३७५ मत पाएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७,३६५ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २१,२९३ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १२,२४७ मत पाएकी छन् । हालसम्म भरतपुरमा ४९,५१६ मतगणना सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप