मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
मतगणना अपडेट

बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?

आइतबार, १६ वैशाख २०८१, २२ : ५७
आइतबार, १६ वैशाख २०८१

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । मतगणनामा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।

एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ३९२६ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३ हजार ४३१ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९४ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप