अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट
अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् । जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गर्न पुगेकी उपमन्त्री जियाले तिब्बती शरणार्थीहरूको जनजीवन र उनीहरूको धारणा बुझेकी छन् ।
परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी नभएको बताएको थियो। उनले नेपाल सरकारलाई जानकारी नदिई तिब्बती शरणार्थी शिविरको अवलोकन गरेकी हुन् । नेपालमा जियाको भ्रमणलाई लिएर चीन असन्तुष्ट रहेको छ। गत बुधबार मात्रै अमेरिकी सहायक विदेशमन्त्री आउनु अघि नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेकी थिइन् । अमेरिकी अधिकारीको भ्रमण र नेपालबाट हुन सक्ने चीन विरोधी गतिविधि र शान्ति सुरक्षाको विषयमा उनले ध्यानाकर्षण गरेको गह मन्त्रालय स्रोतले जनायो । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
-
अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण