शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, ०८ जेठ २०७९, १८ : ४९
आइतबार, ०८ जेठ २०७९

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्  । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–५ मस्यामका २० वर्षीय योगेश रास्कोटीको तानसेन नगरपालिका–९ दमकडा बजारमा  लु ७७ प २१३२ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रास्कोटीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा मृत्यु भएको  प्रहरीले  जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति हुन् । यस्तै दुर्घटनामा परी मोटरसाइकलका चालक सोही स्थानका २४ वर्षीय जनक राना घाइते भएका छन् । घाइते मोटरसाइकलका चालक जनक रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप