रुकुम (पूर्व)का दुई गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध
रुकुम (पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् ।
सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथा अल्पसङ्ख्यकबाट सूर्य नेपाली र थलबहादुर सार्की गाउँ कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै भूमेमा गाउँ कार्यपालिका सदस्य पदमा सबै निर्विरोध निर्वाचित भएका छन् । महिलातर्फ सुनकुमारी रोका, विमला विक, भारती नेपाली र फोमती बुढा निर्विरोध भएका छन् । दलित तथा अल्पसङ्ख्यकतर्फ भागिलाल दमाई र चेतबहादुर कामी निर्विरोध भएका छन् ।
यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि चार महिला सदस्य गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका छन् । पुथाउत्तरगङ्गा गाउँपालिकामा ग्वारी बुढा, भारसी बुढा, जोरकुमारी बुढा र मल्ली पुल निर्विरोध भएको निर्वाचन अधिकृत नारायण चापागाईंले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण