दैलेखमा बस दुर्घटना अपडेट : मृत्यु भएका चार जनाको पहिचान खुल्यो
बुधबार राति दैलेखको आठबीस नगरपालिका–२ को सिस्नेमा भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका–९ का ३६ वर्षीय काँशिराम पाण्डे र ३२ वर्षीय प्रेम सुनार रहेका छन् । यस्तै दुई जना कालिकोटका रहेका छन् । कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ४६ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीया धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार सामान्य चोटपटकदेखि लिएर गम्भीर गरि ३९ जना घाइते भएको प्रहरीको इन्ट्रीमा छ । अरु पनि इन्ट्री गर्ने क्रम जारी छ । घाइतेहरू सबैलाई गएराति नै उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको साहले बताए । बसमा झण्डै ६२ जना जति रहेको प्रहरीको अनुमान छ ।
मुगु, कालिकोट हुँदै नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबाट झण्डै ४३ मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो । साहका अनुसार बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् । यद्यपि बस के कति कारणले दुर्घटना भएको हो । त्यसको एकिन कारण खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण