मुगु बस दुर्घटना : मृतकका परिवारलाई पाँच लाख बिमा रकम हस्तान्तरण
बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ । गत २६ असोजमा नेपालगञ्जबाट मुगु आउँदै गरेको यात्रुवाहक बस पिनाको तपने खोलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ज्यान गुमाएका ३३ जनाको घरपरिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । बस दुर्घटना भएको झन्डै नौ महिनापछि रारा छायानाथ यातायत प्रालिले बिमा गरी लुम्बिनी इन्स्योरेन्सबाट निकासा गरी बिमाबापतको रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । ज्यान गुमाएका परिवारलाई सबै गरी एक करोड ६५ लाख बराबरको रकम मृतकका परिवारलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
मृतकका परिवारलाई नगरपालिकाले प्रतिव्यक्ति ५० हजार प्रदेश सरकारले पनि एक लाख रुपैयाँ उपलब्ध गराएको थियो । दुर्घटनामा परेका घाइते बिरामीलाई हवाई उद्धार भाडा रकम र जिल्ला अस्पतालमा उपचारबापतको रकम सरकारले अहिलेसम्म प्रदान नगर्दा समस्या उत्पन्न भएको प्रजिअ महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण